
बर्दिया, २७ वैशाख । स्रोत नखुलेको १७ लाख ५० हजार रुपैयाँ भारुसहित राजापुर नगरपालिका–४ सत्तीघाटमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–१ का २९ वर्षीय गोपाल चौधरी छन् । इलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई हिजो आइतबार पक्राउ गरेको हो ।
कैलालीबाट राजापुरतर्फ आउँदै गरेका चौधरीले चलाएको सु.प.प्र. ०१००८ प ८१४५ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्दा उक्त परिमाणको रकम फेला परेको प्रहरीले बताएको छ ।
रकम फेला परेपछि प्रहरीले उक्त मोटरसाइकलका साथै एउटा ल्यापटप, एउटा मोबाइल, मोबाइलमा प्रयोग भएको एनटीसी र एनसेलका १÷१ थान सिमकार्ड पनि नियन्त्रणमा लिएको छ ।
चौधरीलाई प्रहरीले आज सोमबार राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाएको छ ।















प्रतिक्रिया