शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

२४ घण्टामा ४ हजार भन्दा बढी सवारीसाधन प्रहरी नियन्त्रणमा, ५०३ जनालाई जरीवाना

दैनिक नेपाल २०७८ वैशाख २६ गते २२:३८

काठमाडौं, २६ वैशाख । पछिल्लो २४ घण्टामा १ हजार ८६ वटा गाडी र ३ हजार १४८ वटा मोटरसाइकल गरी ४ हजार २३४ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही गरेको छ ।

त्यस्तै विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार ७२० जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडेको तथा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ५०३ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरीवाना गरेको छ ।

कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ३ हजार ८१७ जनालाई निःशुल्क मास्क वितरण गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित