शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सोमबार बिहान ९ बजेसम्म एमालेलाई पुरानै अवस्थामा नफर्काए सामुहिक राजीनामा नरोकिने

दैनिक नेपाल २०७८ वैशाख २६ गते २०:३२

फाइल तस्वीर

काठमाडौं, २६ वैशाख । नेकपा एमालेका असन्तुष्ट पक्ष माधव–झलनाथ समूहले भोलि सोमबार बिहान ९ बजेसम्म एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा नफर्काइए कठोर निर्णय लिने चेतावनी दिएको छ ।

नेपाल–खनाल पक्षका सांसदहरूले भोलि बिहान ९ बजेसम्म ओलीले २०७५ जेठ २ गतेको (पुरानै) अवस्थामा फर्काउने तथा सहमतिका आधारमा पार्टी सञ्चालन गर्ने प्रतिबद्धता नआए आफूहरुले जस्तोसुकै निर्णय लिन पनि पछि नहट्ने बताएका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्षको त्यस प्रकारको प्रतिबद्धता आएमा प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने समेत उनीहरुले बताएका छन् । यदि त्यस्तो नभए गम्भीर निर्णय लिने निष्कर्षमा आफूहरु पुगेको नेता योगेश भट्टराईले जानकारी दिए ।

आइतबार अपराह्न नेताद्वय सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेलसँगको भेटपछि भएको माधव–झलनाथ पक्षका सांसदहरुको छलफलले उक्त निष्कर्ष निकाले नेता भट्टराईको दाबी छ । ‘जे गर्नुपर्ने हो भोलि बिहान ९ बजे नै गर्छौं । अध्यक्षको प्रतिवद्धता आयो भने आइहाल्यो नत्र कठोर निर्णय गर्छौं,’ भट्टराईले भने ।

सामुहिक राजीनामा दिने, फ्लोर क्रस गर्ने वा सरकार ढाल्ने जे गर्ने हो भोलि ९ बजे नै गर्ने उनको भनाइ छ । उनका अनुसार आफू पक्षधरका सबै सांसदहरुलाई ९ बजे नै संसद सचिवालयमा बोलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित