शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

एनसेलको नयाँ योजनामा ७ जनालाई सामसङको स्मार्टफोन जित्ने मौका

दैनिक नेपाल २०७८ वैशाख २६ गते १९:३४

काठमाडौं, २६ वैशाख । एनसेलले एक सातामा ७ जनाले सामसङको स्मार्टफोन जित्न सक्ने गरी नयाँ योजना सार्वजनिक गरेको छ ।

एनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने मौका पाउने भएका हुन् । एनसेल आजियाटा लिमिटेडले यो आकर्षक योजना आगमी मंगलबारदेखि लागू गर्दै छ ।

इदको अवसरमा ल्याइएको यो योजना सुचारु भएको दिनदेखि ७ दिनका लागि सञ्चालनमा रहने छ । यो आकर्षक योजनाअन्तर्गत यूएईबाट धेरै भन्दा धेरै आगमनक लमा कुरा गर्ने ग्राहकले हरेक दिन सामसङ ग्यालेक्सी ए–ट्वान्टी स्मार्टफोन जित्न सक्ने छन् ।

यूएईमा रहेका ‘डू’ मोबाइल सेवाप्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउने छन् । कोरोना भाइरसको दोस्रो लहरले सृजना गरेको यो विषम परिस्थितीमा यो योजनाले एनसेलको नेटवर्कमार्फत सञ्चार सेवामा खर्च नगरी विदेशमा रहेका परिवारका सदस्यतथा साथीभाइसँग सम्पर्कमा रहीरहन मद्दत गर्ने कम्पनीको भनाइ छ ।

यो योजनाअन्तर्गत, यूएईबाट सबै भन्दा धेरै आगमन कल प्राप्त गर्ने एक जना ग्राहकले हरेक दिन एउटा सामसङ ग्यालेक्सी ए–ट्वान्टी स्मार्टफोन जित्न सफल हुने छन् । ७ दिनको अवधिमा ७ जना ग्राहकले स्मार्टफोन जित्ने छन् । ग्राहकले उठाएको आगमन कल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा स्मार्टफोन विजयी ग्राहकको नाम घोषणा गरिने कम्पनीले जनाएको छ ।

विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यालय एनसेल आइकन, लैनचौर र काठमाडौंबाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधाअनुसार स्मार्टफोन हस्तान्तरण गरिने बताइएको छ । हाल लागू भएको निषेधाज्ञा हटेको एक हप्ता पछि विजयी ग्राहकले आफूले जितेको स्मार्टफोन लिन सक्ने छन् ।

स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले रू. २० सम्म बोनस पनि प्राप्त गर्ने छन् । ग्राहकहरूले १७१२६ डायल गरी सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्ने छन् । विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट बोनस पाउँछन् ।

यसरी प्राप्त बोनस ३ दिनका लागि मान्य हुने छ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् ।

प्रतिक्रिया
सम्बन्धित