६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेद्वारा ह्वीप जारी

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । नेकपा एमालेले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आज आइतबार राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम ह्वीप जारी गरेका हुन् ।

कोभिड–१९ का कारण प्रतिकूल अवस्था उत्पन्न भएकोले संसदीय दलको बैठक बस्न नसके पनि प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीको निर्देशन अनुसार ह्वीप जारी गरिएको भट्टराईले आफ्ना सांसदहरूलाई पठाएको पत्रमा उल्लेख छ ।