बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

माधव नेपालले थाले आफूनिकट सांसदसँग छलफल, नेम्वाङ र पौडेलसँग के भयो सहमति ?

दैनिक नेपाल २०७८ वैशाख २६ गते १७:१७

काठमाडौं, २६ वैशख । नेकपा एमालेका असन्तुष्ट पक्षका नेता माधव कुमार नेपालले आफूनिकटका सांसदहरुसँग छलफल शुरू गरेका छन् ।

केही बेरअघि एमालेका नेताद्वय सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेलसँग छलफल गरेका नेता नेपालले तुरुन्तै आफूनिकटका सांसदहरुसँग छलफल थालेका हुन् ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा ओलीका प्रतिनिधि विष्णु पौडेल र सुवास नेम्वाङसँग नेता नेपालले संक्षिप्त छलफल गरेका थिए । तर, वार्ता उपलब्धिमूलक हुन नसकेको बताइएको छ ।

छलफल पछि सुवास नेम्वाङले फेरि पनि आवश्यकता अनुसार ओली र नेपालकै तहमा वार्ता हुनसक्ने सम्भावना औंल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित