शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

काठमाडौं उपत्यकामा आइतबार थपिए ४ हजार १९८ जना नयाँ संक्रमित

दैनिक नेपाल २०७८ वैशाख २६ गते १७:०७

काठमाडौं, २६ वैशाख । आइतबार देशभर कोरोना भाइरसका ८ हजार ८५० जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ४ हजार १९८ जना संक्रमिथ थप भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४ जना र ललितपुरमा ५३३ जना गरी उपत्यकामा ४ हजार १९८ संक्रमित थपिएका हुन् ।

देशभर पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ७७७ जना र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आइतबार देशभर ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित