मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

पार्टी विभाजन रोक्न अध्यक्ष ओलीको प्रयास जारी, वार्ताका लागि सिंहदरबार पुग्यो ओलीको टोली

दैनिक नेपाल २०७८ वैशाख २६ गते १५:५५

काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजनतिर जान नदिन आफ्नो प्रयास जारी राखेका छन् ।

सामुहिक रुपमा राजीनामा बुझाएर आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्न अन्तिम विन्दुमा पुगेका माधव–झलनाथ समूहका नेताहरुसँग ओलीले पुनः छलफल अगाडि बढाएका छन् । ओलीले माधव कुमार नेपालसँग वार्ता गर्न भन्दै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र अर्थमन्त्री समेत रहेको नेता विष्णु पौडेललाई सिंहदरबार पठाएका छन् ।

ओलीको यो कदम नेपाल पक्षलाई पार्टीमा फर्काउने अन्तिम प्रयास हो । पौडेल र नेम्वाङ यसअघि माधव नेपाल पक्षका दोस्रो तहका नेतासँग लगातार संवादमा थिए ।

माधव पक्षका नेताहरुले पनि भोलि बिहानसम्म पनि कुनै परिणाम ननिस्किएमा राजीनामा दिएर बाटो फरक गर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित