
काठमाडौं, २६ वैशाख । आगामी जेठ अन्तिम साताका लागि तय गरिएको विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित भएको छ ।
तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत वर्ष मंसिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो । तर, मुलुकमा कोरोना भाइरस सङ्क्रमणको तीव्र फैलावटले अत्यन्तै प्रतिकूल अवस्था सृजना गरेको र ठूलो सङ्ख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले हिजो वैशाख २५ गते शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन जेठमा गर्न नसकिने निर्णय गरेको हो ।
परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को मिति तय गरिने पनि बैठकले निर्णय गरेको छ । उक्त बैठकले कोरोना कहरले सृजना गरेको यो परिस्थितिसँग जुध्न सरकारलाई सक्दो मद्दत गर्ने निर्णय समेत गरेको छ ।















प्रतिक्रिया