
काठमाडौं, २६ वैशाख । ओखलढुङ्गाकी कान्छी बिक, श्यामपुरका हरीशदेव र म्याग्दीका धान्नेबहादुर मृत अवस्थामा भेटिएका छन् ।
काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित भत्केको पुल नजिक मन्दिर परिसरमा सोही ठाउँ बस्ने ओखलढुंगा घर भएकी ३६ वर्षीया कान्छी बिक शनिबार मृत अवस्थामा फेला परेकी प्रहरीले बताएको छ ।
यस्तै पर्साको वीरगञ्ज महानगरपालिका–१७ स्थित आईसीपीको भवन परिसरको शौचालयभित्र भारत उत्तर प्रदेश राज्य बरेली श्यामपुर बस्ने एचआर ५५ टिएन ५९८९ नम्बरका चालक ४५ वर्षीय हरीशदेव पाल शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थान पन्थोक वडारमा सोही ठाउँ बस्ने २७ वर्षीय धान्नेबहादुर पुन शनिबार मृत अवस्थामा फेला परेका छन् । वैशाख १४ गते घरबाट हिँडेकोमा फर्की नआएपछि खोजी गर्नेक्रममा उनको शव फेला परेको हो ।















प्रतिक्रिया