६ कार्तिक २०८३, शुक्रबार

आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भइरहेको महाशाखाको भनाइ छ । महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा गण्डकी प्रदेश, प्रदेश नम्बर १ का केही स्थानहरुमा साथै बाग्मती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित वर्षा भइरहेको उल्लेख छ ।

आज दिउँसो गण्डकी र प्रदेश १ मा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टा देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी र प्रदेश नम्बर १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।