शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

यात्रुसँग बढी भाडा असुलेको आरोपमा नयाँ बसपार्कबाट एकजना पक्राउ

दैनिक नेपाल २०७८ वैशाख २२ गते २२:२४

काठमाडौं, २२ वैशाख । यात्रुसँग बढी भाडा लिएको आरोपमा प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा चापाकोट–७ घर भई काठमाडौंको मित्रनगर बस्ने ३० वर्षीय मिलन सारु छन् । उनी गोंगबुको नयाँ बसपार्कस्थित बागलुङ भगवती काउण्टरका कर्मचारी हुन् ।

काठमाडौंबाट बागलुङसम्मको नियमित भाडा ९०० रुपैयाँ भए पनि उनले यात्रुसँग ३ हजार रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म लिएको पाइएकाले पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

छड्के अनुगमनको लागि परिचालन भएको सादा पोशाकको प्रहरी टोलीले उनलाई पक्राउ गरेको बताइएको छ । पक्राउ परेका सारुलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी प्रभाग बसपार्कमा बुझाएको छ ।

पक्राउ परेकाले निषेधाज्ञाका बेला वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई घर पुर्याइदिने भन्दै चर्को भाडा असुल्दै आएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित