
सिन्धुपाल्चोक, २२ वैशाख । सिन्धुपाल्चोकमा भोलि बिहान ६ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ ।
जिल्लामा कोरोना भाइरस संक्रमणको अवस्था बढ्दै गएपछि भोलि बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकको निर्णयानुसार निषेधाज्ञा लगाइने भएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।
यसैबीच चौतारा साँगाचोकगढी नगरपालिका–४ कुबिण्डे र वडा नम्बर ९ कदमबाससहित दुई वडालाई बुधबारदेखि नै बन्द गरिएको छ ।
















प्रतिक्रिया