
काठमाडौं, २२ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने थप स्पष्ट पारेको छ ।
आज बुधबार देउवा निवास बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिएर आफूसँग सहकार्य गर्न आग्रह गरेका थिए । तर, देउवाले पार्टीले समेत निर्णय गरिसकेको अवस्थामा अब विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका छन् ।
आफ्नो पार्टी प्रमुख प्रतिपक्षी दल भएकाले विश्वासको मत दिन नसक्ने पनि देउवाले स्पष्ट पारेका छन् ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णु पौडेल देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।















प्रतिक्रिया