
काठमाडौं, २२ वैशाख । बुधबार देशभर कोरोना भाइरसका ८ हजार ६५९ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ८२५ जना थप भएका छन् ।
तर, यो संख्या अघिल्लो दिनको भन्दा ६८ जनाले कम हो । मंगलबार काठमाडौं उपत्यकामा ३ हजार ८९३ जना संक्रमित फेला परेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा २ हजार ८४९ जना, ललितपुरमा ५१ जना र भक्तपुरमा ४५८ जना संक्रमित थपिएका हुन् ।
यो सहित राजधानी समेत रहेको बागमती प्रदेशमा बुधबार ४ ५१९ जना संक्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा आज प्रदेशमा पनि संक्रमितको संख्यामा कमी आएको छ । हिजो मंगलबार बागमतीमा ४ हजार ५८७ जना संक्रमित थपिएका थिए ।
बुधबार काभ्रेपलाञ्चोकमा ९६, चितवनमा २१३, दोलखामा १२, धादिङमा ५४, नुवाकोटमा ११२, मकवानपुरमा १०५, रसुवामा १९, रामेछापमा १३ जना, सिन्धुपाल्चोकमा १५ र सिन्धुलीमा ५५ जना संक्रमित थपिएका छन् ।















प्रतिक्रिया