
काठमाडौं, २२ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५८ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ४७५ पुगेको छ ।
यस्तै बुधबार थप ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर २० हजार ७५६ जनाको आरटी–पीसीआर गर्दा ८ हजार ६०५ जना र ६१६ जनाको एन्टिजेट परीक्षण गर्दा ५४ जना गरी कुल ८६५९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ५९ हजार ६१० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ० हजार ७३ जना पुगेको छ । यो कुल संक्रमितको ८०.६ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ जना छ । संक्रमितको संख्या तीव्र गतिमा वृद्धि भएसँगै पछिल्लो समय नेपालमा सक्रिय संक्रमितको संख्या पनि ह्वात्तै बढेको हो ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा २५ लाख ५८ हजार ५१ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ६६ हजार ३५२ जना आइसोलेसन र ३८१ जना क्वारेन्टिनमा छन् ।















प्रतिक्रिया