६ कार्तिक २०८३, शुक्रबार

प्युठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान, २१ वैशाख । प्युठान नगरपालिका–८ दम्तीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

खाद्यान्न पुर्याएर बहाने बजारबाट बाग्दुलातर्फ आउँदै गरेको लु २ च ६७८१ नम्बरको उक्त जीप आज साँझ साढे ६ बजेको समयमा दुर्घटनामा परेको थियो । जीप दुर्घटनामा प्युठान नगरपालिका –८ बाग्दुला बस्ने २१ वर्षीया समर कुँवरको घटनास्थलमै मृत्यु भएको र अन्य २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

उनका अनुसार दुर्घटनाग्रस्त जीपका चालक गौमुखी–४ पुजाका २३ वर्षीय लोकेन्द्र केसी र गौमुखी–१ अर्खाका १७ वर्षीय कृष्णसुनार घाइते भएका छन् । उनीहरुको प्युठान जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।