
काठमाडौं, २१ वैशाख । मंगलबार देशभर कोरोना भाइरसका ७ हजार ६६० जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ८९३ जना थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा २ हजार ७७९ जना, ललितपुरमा ६०१ जना र भक्तपुरमा ५१३ संक्रमित थपिएका हुन् ।
यो सहित राजधानी समेत रहेको बागमती प्रदेशमा मंगलबार ४ हजार ५८७ जना संक्रमित थपिएका छन् ।















प्रतिक्रिया