६ कार्तिक २०८३, शुक्रबार

वडाध्यक्षको शव बोकेको जीप दुर्घटना हुँदा बैतडीमा ४ जनाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २१ वैशाख । बैतडीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलमा जीप दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक हरिसिंह भट्टले जानकारी दिए ।