बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थपियो, थप कडा पार्ने निर्णय

दैनिक नेपाल २०७८ वैशाख २१ गते १५:४९

काठमाडौं, २१ वैशाख । काठमाडौं उपत्यकाको निषेधाज्ञा पुनः एक साता थप भएको छ ।

आज मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साता थप गर्दै आगामी २९ गतेसम्म निषेधाज्ञा लम्ब्याएको हो । थपिएको निषेधाज्ञालाई थप कडा पार्ने निर्णय पनि बैठकले गरेको छ ।

थपिएको निषेधाज्ञाको अवधिमा पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म कायम गरिएको छ । अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पनि रोक लगाउने निर्णय गरिएको छ ।

साथै यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित