
काठमाडौं, १९ वैशाख । सोलुखुम्बुका आङदावा तामाङ र झापाका सरोज सुब्बा मृत अवस्थामा भेटिएका छन् ।
सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–९ बस्ने ६३ वर्षीय आङदावा तामाङ र झापाको दमक नगरपालिका–७ बस्ने ४६ वर्षीय सरोज सुब्बा मृत अवस्थामा भेटिएका हुन् ।
सालुखुम्बुका तामाङलाई उनकै घरबाट ३०० मिटर टाढा जयदुङ खोलामा शनिबार दिउँसो मृत अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ । यस्तै सरोज सुब्बाको शव दमक नगरपालिका–७ स्थित रतुवाखोलामा शनिबार बिहान फेला परेको प्रहरीको भनाइ छ ।
दुई ओटै घटनाबारे प्रहरीले अनुसँधान गरिरहेको प्रहरीले बताएको छ ।















प्रतिक्रिया