६ कार्तिक २०८३, शुक्रबार

शुक्रबार रुपन्देहीमा ४ जना कोरोना संक्रमतिको मृत्यु, ४५९ जना संक्रमित थपिए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, १७ वैशाख । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

यो सँगै जिल्लामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १९१ जना पुगेको छ । जिल्लाका विभिन्न अस्पताल, आइसोलेशन तथा होम आइसोलेशनमा जिल्लाभर २ हजार ९३० जना भन्दा बढी सक्रिय संक्रमित छन् ।

यस्तै पछिल्लो २४ घण्टाभित्र रूपन्देहीमा ४५९ जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज शुक्रबार रुपन्देहीको बुटवल उपमहानगरपालिकामा सबैभन्दा बढी संक्रमित थपिएका छन् ।

बुटवल उपमहानगरमा मात्र २१६ जना नयाँ संक्रमित थपिएका छन् ।