६ कार्तिक २०८३, शुक्रबार

एकै दिन ३५ जना कोरोना संक्रमितको मृत्यु

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३५ जना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ हजार ९२८ जना नयाँ संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८८८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ८० हजार १६७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २४६ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा २४ लाख ५८ हजार ५६५ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ३४ हजार ११७ जना आइसोलेसन र ५९ जना क्वारेन्टिनमा छन् ।