६ कार्तिक २०८३, शुक्रबार

लकडाउनको पालना गर्न नगर प्रमुख पाण्डेको आग्रह

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर, १६ वैशाख । तुलसीपुर उपमहानगरपालिकाले लकडाउनको पूर्ण पालना गरेर घरमै सुरक्षित बस्न नगरबासीमा अनुरोध गरेको छ ।

नगर प्रमुख घनश्याम पाण्डेले एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ भेरिएन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएकाले यसको रोकथामका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले भोलि शुक्रबारदेखि आगामी २५ गते साँझसम्म गरेको लकडाउनलाई पूर्णरूपमा पालना गर्न आग्रह गरेका हुन् ।

नगर प्रमुख पाण्डेद्वारा जारी विज्ञप्तिमा लकडाउनको समयमा घरमै सुरक्षित बस्न, घरबाहिर निस्कनुपर्ने भए सम्बन्धित निकायसँग समन्वय गर्न, सामाजिक दूरी कायम गर्न, भीडभाडमा नजान, भोजभतेर, पाटीमा सहभागि नहुन तथा नगर्न र सुरक्षाका सबै विधि अपनाउन नगरबासी सबैमा अनुरोध गरिएको छ ।

मेला महोत्सव, पर्व, जात्रा, विवाह, व्रतबन्ध, पास्नी, न्वारान, धार्मिक अनुष्ठान, मलामी लगाएतका अत्यावश्यक धार्मिक परम्परा तथा साँस्कृतिक क्रियाकलाप गर्दा २५ सजना भन्दा बढी नहुने र जनस्वास्थ्यको मापदण्ड पालना हुनेगरी सञ्चालन गर्न नगरप्रमुख पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।