६ कार्तिक २०८३, शुक्रबार

सदनमा जाने तयारी गर्दै थिएँ, अचानक बेहोस भएछु : सांसद शाही

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू सदनमा जाने तयारी गर्दै गर्दा अचानक बेहोस भएको स्पष्टीकरण दिएका छन् ।

बिहीबार विज्ञप्तिमार्फत उनले सदनमा जाने तयारी गर्दै गर्दा अचानक बिरामी भएको र भाइलाई सम्पर्क गरेर अस्पताल लैजाने क्रममा आफू बेहोस भएको स्पष्ट पारेका छन् ।

‘म सदनमा जाने भनी तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भइ मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु।’ उनले भनेका छन्, ‘म अहिले उपचाररत छु । अहिले स्वास्थ्यमा क्रमिक सुधार भएको महसुस गरिरहेको छु । म थप स्वस्थ भएपछि मेरो बारेमा उठेका कैयौं प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु ।’

समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विषयवस्तुलाई आधार बनाएर धारणा नबनाइदिन पनि उनले आग्रह गरेका छन् । पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो पनि सहभागिता रहेकाले पार्टीको निर्णयप्रति आफू प्रतिबद्ध रहेको समेत उनले स्पष्ट पारेका छन् ।

बुधबार गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा मतदान हुने भए पनि सांसद शाही अनुपस्थित भएपछि बैठक नै स्थगित भएको थियो । जसका कारण मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुको पद समेत लम्बिएको छ ।