शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

एनआईबीएल समृद्धि फण्डका लागि आवेदन दिने आज अन्तिम दिन, तीन दिनमै बिक्यो सम्पूर्ण इकाई

दैनिक नेपाल २०७८ वैशाख १६ गते १३:४९

काठमाडौं, १६ वैशाख । एनआईबीएल समृद्धि फण्डका सम्पूर्ण इकाईहरु निष्काशन बन्द हुनुअगावै विक्री भइसकेको छ ।

विक्री खुला गरेको तेस्रो दिन बिहीबारसम्म आइपुग्दा निष्काशित सम्पूर्ण इकाईहरु विक्री भइसकेको हो । क्यापिटलका अनुसार तेस्रो दिनसम्म ५६ हजार १०२ जना आवेदकबाट ११२.३० प्रतिशत इकाईका लागि आवेदन परेको छ ।

क्यापिटलले वैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई विक्रीमा ल्याएको थियो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणमा विक्री खुला गरेको थियो ।

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । इकाई खरीदका लागि आवेदन दिने आज अन्तिम दिन हो ।

प्रतिक्रिया
सम्बन्धित