
काठमाडौं, १६ वैशाख । छिमेकी मुलुक भारतमा एकै दिन कोरोना भाइरस ३ लाख ७९ हजार भन्दा धेरै संक्रमित थप भएका छन् भने ३ हजार ६४५ जना संक्रमितले ज्यान गुमाएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ७९ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । सो अवधिमा कोभिड–१९ बाट ३ हजार ६४५ जनाको ज्यान गएको हो ।
भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या १ करोड ८३ लाख ७६ हजार ५२४ पुगेको छ । यस्तै कोभिड–१९ का कारण २ लाख ४ हजार ८३२ जनाको ज्यान गइसकेको छ ।
हाल सक्रिय संक्रमितको संख्या ३० लाख ८४ हजार भन्दा धेरै रहेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया