शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

सीइडीबी हाइड्रोपावरले भोलिदेखि साधारण शेयर निष्काशन गर्ने

दैनिक नेपाल २०७८ वैशाख १६ गते १२:१५

काठमाडौं, १६ वैशाख । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलिदेखि साधारण शेयर (आईपीओ) निष्काशन खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशित शेयरमध्ये २% अर्थात् ५० हजार ३६५ कित्ता शेयर कर्मचारी र ५% ले हुने १ लाख २५ हजार ९११ कित्ता शेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीको साधारण शेयरको निष्काशन तथा विक्रीका लागि निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले सी—आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत अनलाइनबाट साधारण शेयरमा लगानीका लागि आवेदन दिन सक्ने छन् । उक्त सीइडीबीको साधारण शेयर निष्काशन बन्द मिति छिटोमा वैशाख २१ गतेसम्म रहने छ ।

साधारण शेयर विक्रीपछि संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०ः३० कायम हुने छ । हाल यस कम्पनीको चुक्ता पूँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण शेयर विक्रीपश्चात कम्पनीको चुक्ता पूँजी ८३ करोड ९४ लाख १० हजार रूपैयाँ हुने छ ।

कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत् आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रकशन लिमिटेड, दोर्दी खोला जलविद्युत लिमिटेड तथा खारे खोला जलविद्युत कम्पनी लिमिटेड गरी ३ वटा आयोजनाहरू निर्माण भइरहेका छन् ।

साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका–०२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित