शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

अत्यावश्यक बैंकिङ सेवाका लागि एनआईसी एशिया बैंकले शुरू गर्‍यो ‘एकीकृत हेल्प डेस्क’ सेवा

दैनिक नेपाल २०७८ वैशाख १६ गते ११:४२

काठमाडौं, १६ वैशाख । जारी निषेधाज्ञालाई लक्षित गरी एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको सहजताका लागि ‘एकीकृत हेल्प डेस्क’ सेवा सञ्चालन गरेको छ ।

मुलुकभर फैलिएको कोभिड–१९ को दोस्रो लहरबाट सृजित असहज अवस्थालाई नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको विद्यमान अवस्थालाई दृष्टिगत गर्दै बैंकले यो सेवा सञ्चालनमा ल्याएको बताएको छ । वर्तमान असहज परिस्थितिमा ग्राहक महानुभावहरूलाई बैंकले अत्यावश्यक सेवाहरू थप सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको हो ।

बैंकको शाखासम्म आउन मुशिकल भएका ग्राहकले बैंकको डिजिटल माध्यमहरू– मोबाइल तथा इन्टरनेट बैंकिङ, वेबसाइट तथा आइसर्भको माध्यमबाटै आफूलाई आवश्यक पर्ने अधिकतम बैंकिङ सेवाहरू लिन सक्ने छन् । उक्त डिजिटल माध्यमहरूबाट सेवा लिन कठिनाइ भएमा वा सेवासम्बन्धी गुनासो भएमा वा कुनै जानकारी लिनु परेमा ग्राहकले उक्त सेवासम्बन्धी बैंकले खटाएको विज्ञ अधिकृतहरूलाई सम्पर्क गरी सजिलै यथाशीघ्र समाधान पाउन सक्ने बैंकको भनाइ छ ।

त्यसका लागि ग्राहकले बैंकको टोल–फ्री नं. १६६०–०१–७७७१ वा सीप लाइन नं. ०१–५९७०१०१ मा सिधै फोन गर्न सक्ने छन् । त्यहाँ उपलब्ध आइभीआर पद्धतिद्वारा ग्राहकले निम्नलिखित सेवाका लागि सम्बन्धित अधिकारीसँग कुरा गर्न सक्ने बताइएको छ ।

जोखिमका बेला बैंकका सेवासम्बन्धी जानकारी लिन यो सेवा प्रभावकारी हुने बैंकले विश्वास लिएको छ । केन्द्रीय तहबाट मात्रै ग्राहकहरूको समस्या तथा गुनासाहरू समाधान नहुने वा समय धेरै लाग्न सक्ने कुरालाई दृष्टिगत गर्दै बैंकले प्रादेशिक तथा उपप्रादेशिक तहमा समेत बैंकको उच्च ओहोदाका कर्मचारीहरूलाई नै अग्रपंक्तिमा राखेर ग्राहकको सेवामा सहयोग गर्न निम्नलिखित ग्राहक सहायता केन्द्रको स्थापना गरेको जनाएको छ ।

ग्राहक सहायता केन्द्रहरू–

प्रतिक्रिया
सम्बन्धित