१४ कार्तिक २०८३, शनिबार

नेता नेपालहरुको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ वैशाख । सर्वोच्च अदालतले नेकपा एमालेका नेता माधवकुमार नेपालसहितको रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सोमबार उनीहरुको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले स्पष्टीकरण सोधेको आधारमा अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो ।

पार्टीबाट निलम्बित नेताहरुसहित २७ जनाको सांसद पद खारेजी प्रक्रिया रोक्नलाई रिट दर्ता गरिएको थियो ।

माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट संयुक्त रूपमा पेस गरिएको रिटमा आफूहरुको निष्कासनको कारवाही उत्प्रेषण, प्रतिषेध आदेशद्वारा बदर तथा रोक्का गरीपाउँ भनिएको थियो ।

अदालतले नेताहरको माग बमोजिम आदेश दिएन । अदालतले माग बमोजिम आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुत प्रमाणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षको नाममा आदेश दिएको छ ।