१४ कार्तिक २०८३, शनिबार

एकै दिन २८ जना कोरोना संक्रमितको मृत्यु, सक्रिय संक्रमितको संख्या १९ हजार बढी

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ वैशाख । नेपालमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २८ जना संक्रमितको मृत्यु भएको जनाएका छन् ।

त्यस्तै, देशभर गत २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले पीसीआर र एन्टिजेन परीक्षणबाट गत २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोना पुष्टि भएको जनाए ।

९ हजार २९२ जनाको पीसीआर र ७९६ जनाको एन्टिजेन परीक्षण भएको गौतमले जनाए । यससँगै कुल संक्रमितको संख्या ३ लाख १ सय १९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४५० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७७ हजार ५ सय ७३ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ जना रहेको छ ।