६ कार्तिक २०८३, शुक्रबार

कोरोना संक्रमण नियन्त्रणमा ध्यान दिन प्रधानमन्त्री ओलीलाई कमल थापाको सुझाव

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना नियन्त्रणमा ध्यान दिन आग्रह गरेका छन् ।

उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिन उनले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् । उनले आज आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका हुन् ।

‘कोरोना अनियन्त्रित र विकराल बन्दैछ,’ उनले लेखेका छन्, ‘यस अवस्थामा जनता स्वयं प्रमबाट सरकारले गरेका प्रयास र योजनाबारे सुन्न बुझ्न चाहन्छन्, दुःखको बेला जनता भरोसा खोजिरहेछन् ।’