६ कार्तिक २०८३, शुक्रबार

कार्यकारी सम्पादक तामाङ पक्राउ

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ पक्राउ परेका छन् ।

भारतीय रअ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको ४ बुँदे सहमतीबारे तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरेको भन्दै तामाङलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित समाचारबारे नियामक निकाय प्रेस काउन्सिल नेपालले मागेको २४ घण्टे स्पष्टीकरणमा उज्यालो नेटवर्कले
असावधानीबस समाचार प्रकाशन भएको भनी क्षमायाचना गरेको थियो ।

पक्राउ परेका व्यक्तिविरुद्ध साइबर अपराध, कीर्ते र राज्यविरुद्धको अपराध सम्बन्धी कसूरमा अनुसन्धान हुने जिल्ला प्रहरी परिसर, काठमाडौंले बताएको छ ।