
काठमाडौं, १२ वैशाख । पार्टी हितविपरीत समानान्तर गतिविधिलाई तीव्रता दिँदै आएको नेकपा एमालेका असन्तुष्ट पक्ष झलनाथ–माधव समूहका सांसदहरुलाई कारबाही गर्ने जिम्मा पार्टी स्थायी कमिटीले पाएको छ ।
आज आइतबार बसेको स्थायी कमिटी र दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले माधवकुमार नेपाल र भीम रावलसहित केही सांसदलाई कारवाही गर्ने चर्चा चलेको भए पनि एमालेले तत्काल थप कारवाही नगरी स्थायी कमिटीलाई जिम्मा लगाएको हो ।
आज बसेको बैठकमा सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र पार्टीभित्रबाटै फ्लोर क्रस हुनसक्नेबारे गम्भीर रुपमा छलफल गर्दै सुक्ष्म अध्ययन गरेको बताइएको छ । यस्तो अवस्थामा क–कसलाई कारबाही अघि बढाउने भन्ने प्रस्ताव तयार पार्ने जिम्मा स्थायी कमिटीलाई दिइएको महाधिवेशन आयोजक कमिटी बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
स्थायी कमिटीको सिफरिसमा उनीहरुलाई ‘उपयुक्त समयमा कारबाही गर्ने’ निर्णय भने गरिएको प्रवक्ता ज्ञवालीको भनाइ छ । नेपाल समूहले पार्टीभित्र षड्यन्त्र गरिरहेको निष्कर्ष बैठकले निकालेको भए पनि उनीहरुले आगामी दिनमा गर्ने गतिविधिका आधारमा पार्टीले थप निर्णय गर्ने बताइएको छ ।















प्रतिक्रिया