मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

पुतलीसडकमा नेपाल एसबिआई बैंकको एटीएम आउटलेट सञ्चालन

दैनिक नेपाल २०७८ वैशाख १२ गते १२:२७

काठमाडौं, १२ वैशाख । नेपाल एसबिआई बैंकले पुतलीसडकमा आफ्नो एटीएम आउलेटको उद्घाटन गरेको छ ।

बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमारले एटीएम आउलेटको उद्घाटन गरेका हुन् । उक्त समारोहमा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख सञ्चालन अधिकृत यादभेंद्र कांत, सल्लाहकार छपि राज पन्तका साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।

बैंकले ८८ वटा शाखा, १९ वटा एक्स्टेनस्न काउन्टर, ७ वटा प्रादेशिक कार्यालय तथा एउटा कर्पोरेट कार्यालयका साथै १२२ वटा एटएिम बुथबाट आफ्नो सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित