६ कार्तिक २०८३, शुक्रबार

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । साताको शुरुवाती दिन आज नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्यमा प्रतितोला ४०० रुपैयाँले कमी आएको हो । त्यसअनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९० हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर तोलाको १ हजार ३१० रूपैयाँमा कारोबार भइरहेको छ ।