६ कार्तिक २०८३, शुक्रबार

युवा संघ काभ्रेका नेता देउजाद्वारा रक्षा नेपालमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । युवा संघ काभ्रेका नेता रवीन्द्र देउजाले आफ्नो जन्म दिनको अवसरमा परोपकारका काम गरेका छन् ।

काभ्रेको बनेपास्थित जनागाल स्थाई घर भएका देउजाले आफ्नो ४०औं जन्मदिनको अवसरमा ‘रक्षा नेपाल’मा आश्रित ७० जना बालबालिकाका लागि ८० हज़ार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका हुन् ।

‘मैले मेरो जन्मदिन खासै मनाउँदिन । तर, यो पटकको जन्मदिनमा चाहिँ मेरो घर व्यवहार सबै राम्रो भएकाले आफ्नो कमाईको १ प्रतिशत मात्रै भए पनि असहायलाई मद्दत गरौं भन्ने सोच आयो र मैले सानै उमेरदेखि चिनेको जानेको मेरो गाउँले बहिनी मेनुका थापाले सञ्चालन गरिरहेको सामाजिक संस्था ‘रक्षा नेपाल’लाई सानो सहयोग गरेको हुँ,’ देउजाले भने ।

रक्षा नेपालमा मासिक रूपमा हुने लाखौं खर्चको अगाडि आफ्नो यो सहयोग अत्यन्त न्यून भएको उनको भनाइ छ । तर पनि मेरो प्रस्तावलाई स्वीकारी सहयोग ग्रहण गरीदिएकामा उनले रक्षा नेपालप्रति आभारी प्रकट गरेका छन् ।

परोपकारी रवीन्द्र देउजा काभ्रे जिल्लामा स्थापित हुँदै गरेका युवा नेता हुन् भने उनी युवा संघ काभ्रेमा आवद्ध छन् ।