६ कार्तिक २०८३, शुक्रबार

धरहरासँगै ढलेर पुनर्जीवन पाएकी रमिलालाई प्रधानमन्त्रीद्वारा सम्मान

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरासँगै ढलेर पुनर्जीवन पाएकी रमिला श्रेष्ठलाई सम्मान गरेका छन् ।

आज शनिबार धरहराको उद्घाटनपछि आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई सम्मान गरेका हुन् । २०७२ वैशाख १२ गते गएको भूकम्पमा धरहरा ढल्दा रमिला धरहराको टुप्पोमा थिइन् । धरहरासँगै ढलेकी उनी संयोगले घाइते मात्र भइन् र पुनर्जीवन पनि पाइन् ।

यस्तै प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणमा योगदान पुर्याएकाहरुलाई प्रशंसापत्र प्रदान गरेका छन् ।