६ कार्तिक २०८३, शुक्रबार

सिभिल बैंकद्वारा खुरखुरे शाखा स्थानान्तरणसहित उद्घाटन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले आफ्नो खुरखुरे शाखा स्थानन्तरण गर्दै उद्घाटन गरेको छ ।

स्थानान्तरण गरिएको उक्त शाखाको उद्घाटन शुक्रबार राप्ती नगरपालिकाकी नगर प्रमुख प्रभा बरालले गरिन् । उक्त शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा नगर प्रमुख बरालले बैंकको यो शाखाले खुरखुरेमा वित्तीय पहुँच वृद्धि गर्नका साथै वित्तीय स्तर बढाउन टेवा पुर्याउने विश्वास व्यक्त गरिन् ।

व्यापारव्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरणलाई प्रोहत्साहन गरेकामा बैंकलाई धन्यवाद दिँदै उक्त क्षेत्रका बासिन्दाहरूलाई आफूलाई आवश्यक पर्ने पूँजीका लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफूसँग भएको सानो–सानो पूँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरेकी छिन् ।

उक्त समारोहका सभापति तथा सिभिल बैंक प्रदेश २ का प्रमुख विश्वास अर्यालले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिताविना आर्थिक समृद्धि सम्भव नहुने बताए ।

सिभिल बैंकले उक्त क्षेत्रका सम्पूर्ण वचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानीयहरूलाई उच्चस्तरीय बैकिङ सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै अर्थतन्त्र उकास्नका लागि साना तथा मझौला व्यापार व्यवसायलगायत अन्य व्यक्तिगत कर्जाहरू जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने जानकारी दिएको छ ।

करीब साढे पाँच लाख ग्राहकहरूलाई ११४ वटा शाखा, ९ वटा एक्सटेन्सन काउन्टर, ८९ वटा एटीएम बुथमार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंककोे हालसम्म करीव ८९ अर्ब रूपैयाँ निक्षेप परिचालन गरी करीब ८३ अर्ब रूपैयाँ कर्जा लगानी गरिसकेको छ ।