बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

एभरेष्ट बैंकद्वारा तनहुँको दमौलीमा शाखा कार्यालय उद्घाटन

दैनिक नेपाल २०७८ वैशाख ११ गते ११:१४

काठमाडौं, ११ वैशाख । एभरेष्ट बैंक लिमिटेडले तनहुँको दमौलीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यसहित बैंकले शुक्रबार दमौलीमा आफ्नो १०३औं शाखा सञ्चालनमा ल्याएको हो ।

ब्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने, गण्डकी प्रदेश प्रमुख राजु गौली र बैंकका अधिकारीहरुले संयुक्त रुपमा उक्त शाखा कार्यालयको समुद्घाटन गरेको बैंकले जनाएको छ । उक्त कार्यक्रममा उद्योग वाणिज्य संद्द तनहुँका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ, ब्यास नगरपालिका–२ का अध्यक्ष काशीराम श्रेष्ठ, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीका साथै अन्य स्थानीय विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

उद्घाटन समारोहमा बैंकले कन्ट्याक्टलेस पेमेन्टलाई प्रबर्धन गर्दै आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गराउने उद्देश्यका साथ क्यूआर–कोड पनि हस्तान्तरण गरेको छ ।

बैंकले १०३ वटा शाखा सञ्जाल, प्रादेशिक कार्यालय, १३५ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित