
काठमाडौं, ११ वैशाख । सेतो मच्छिन्द्रनाथको रथयात्रा आज समापन हुने भएको छ ।
मच्छिन्द्रनाथलाई लगनमा रहेको रथबाट निकालेर खटमा राखेर सिन्दुर जात्रासहित जनबहालमा रहेको सेतो मच्छिन्द्रनाथको मन्दिरमा नै फिर्ता लगेपछि रथयात्रा सकिने छ ।
आज मूर्तिलाई खटमा राखेर लगनबाट दलाछि, भीमसेनस्थान, मरु हुँदै जनबहालमा रहेको मन्दिरमा लगिने छ । गएको ७ गते जमलको तीनधारा पाठशालाबाट रथ तानेर सुरु भएको जात्रा लगन टोलबाट जनबहालमा मूर्तिलाई फिर्ता लगिएपछि सकिने गर्दछ ।















प्रतिक्रिया