५ कार्तिक २०८३, बिहिबार

स्पष्टीकरण सोधिएका सांसदहरूबारे आवश्यक निर्णय स्थायी कमिटीले गर्ने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । नेकपा एमालेले स्पष्टीकरण सोधेका सांसदहरूबारे पार्टी स्थायी कमिटीले आवश्यक निर्णय गर्ने भएको छ ।

पार्टी केन्द्रीय कमिटीको आज शुक्रबार कसेको बैठकले स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको बताइएको छ ।

अध्यक्ष ओलीले स्पष्टीकरणमा आग्रहपूर्ण दृष्टिकोण राख्ने र विगतमा गुटगत गतिविधि गरेको भए पनि सच्चिएर आउनेलाई पार्टीमा स्पेस दिने बताइसकेका छन् ।

एमालेले माधव नेपाल र झलनाथ खनालसहित प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोधेको थियो । तीमध्ये कर्णालीका ४ जनालाई पार्टी र संसद सदस्यबाट निष्कासनको निर्णय भएको छ ।