६ कार्तिक २०८३, शुक्रबार

भोलि वैशाख ११ गते ११ बजे नवनिर्मित धरहराको समुद्घाटन हुने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । भोलि वैशाख ११ गते ११ बजे बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको समुद्घाटन गर्ने भएका छन् ।

१२ वैशाख २०७२ को विनाशकारी भूकम्पले ढालेको उक्त संरचना भूकम्प गएको ६ वर्षपछि निर्माण सम्पन्न गरी उद्घाटन गर्न लागिएको हो । ‘धरहरासँग सम्बन्धित अन्य विभिन्न संरचनाहरु निर्माण भइरहेको छ,’ राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले भने, ‘तर, भूकम्पले ढालेको मुख्य संरचना ‘धरहरा’ निर्माणको काम सकिएकाले उद्घाटन गर्न लागिएको हो ।’

अन्य संरचना निर्माण जारी रहेको पनि उनले बताएका छन् ।

नवनिर्मित धरहरा २५ तल्ला अग्लो छ । ज्ञवालीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार जमीनमुनि २ तला, सतहमा १ तल्ला र बाँकी २२ तल्लासहित नयाँ धरहरा २५ तल्लाको बनेको छ ।