
काठमाडौं, १० वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमलाई समेत समेटेर स्थायी कमिटी निर्माण गरेका छन् ।
आज शुक्रबार वालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले बामदेव गौतमलाई स्थायी कमिटीमा समेटेको भए पनि माधव नेपाल पक्षका कोही पनि नेताहरुलाई समेटेको छैन ।
ओलीले हाललाई १७ जनाको स्थायी कमिटी बनाएका छन् । उक्त कमिटीमा पछि अन्य सदस्य थप्ने निर्णय पनि बैठकले गरेको बताइएको छ ।
स्थायी कमिटीमा केपी शर्मा ओली, बामदेब गौतम, ईश्वर पोख्रेल, रामबहादुर थापा ‘बादल’, बिष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोख्रेल, प्रदिप ज्ञवाली, लेखराज भट्ट, टोप बहादुर रायमाझी, मणि थापा, सत्यनारायण मण्डल, बिष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरूङ, रघुबीर महाशेठ, केशब बडाल र पुष्प राज कँडेल छन् ।
एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको फागुन २८ को बैठकले खारेज गरेको थियो । त्यसपछि आज नयाँ स्थायी कमिटी निर्माण गरिएको हो ।















प्रतिक्रिया