६ कार्तिक २०८३, शुक्रबार

मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, १० वैशाख । धरान उपमहानगरपालिका–१९ स्थित सडकबाट पार्किङ गरी राखेको को. १८ प ३९७९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका–८ बुद्दमार्ग बस्ने २२ वर्षीय रोशन मास्के र धनकुटा साँगुरीगढी गाउँपालिका–८ तातोपानी बस्ने १९ वर्षीय रवि राई छन् ।
े
उक्त स्थानबाट गत मंगलबार मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धान तथा खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका–२० स्थित सुन्तले भन्ने ठाउँमा सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा उनीहरुलाई धरानबाट बिष्णुपादुका हुँदै धनकुटातर्फ चोरी गरि लैजादै गरेको अवस्थामा उक्त मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर चोरी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।