६ कार्तिक २०८३, शुक्रबार

२१ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गर्ने थारु पक्राउ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । विवाह गर्ने प्रलोभन देखाएर युवती बलात्कार गरेको आरोपमा प्रहरीले बर्दियामा एक जनालाई पक्राउ गरेको छ ।

२१ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा बरबर्दिया नगरपालिका–३ भक्तिपुर बस्ने २४ वर्षीय सुनिल कुमार थारुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । थारुले ती महिलालाई ललाई फकाई विवाह गर्छु भनि जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैबीच ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नुवाकोटको तार्केश्वर गाउँपालिका–३ सिवालय टोल बस्ने २५ वर्षीय दिलिप श्रेष्ठलाई आज शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती बालिकालाई उनकै घरमा सुतीरहेको अवस्थामा जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।