६ कार्तिक २०८३, शुक्रबार

भारतमा एकैदिन ३ लाख ३२ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण, २२६३ जनाको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । भारतमा एकैदिन ३ लाख ३२ हजार भन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ हजार २६३ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणको संख्यामा प्रत्येक दिनजसो नयाँ रेकर्ड बनाउँदै आएको भारतमा पछिल्लो समय खोप, अत्यावश्यक औषधि, अक्सिजन र अस्पतालमा बेडको समेत अभाव हुन थालेको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै थप ३ लाख ३२ हजार ७३० जनामा संक्रमण पुष्टि भएको छ । कोरोना प्रभावित देशहरुमध्ये एकै दिन संक्रमित हुनेको यो संख्या हालसम्मकै उच्च हो । त्यसैगरी पछिल्लो एक दिनमा २ हजार २६३ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

विश्वमा उच्च संक्रमण भएका मुलुकमध्ये भारत अमेरिकापछि दोस्रो नम्बरमा छ । भारतमा अहिलेसम्म १ करोड ६२ लाख ६३ हजार ६९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ८६ हजार ९२० पुगेको छ भने १ करोड ३६ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

अहिले २४ लाख २८ हजारभन्दा बढी सक्रिय संक्रमित रहेको भारतमा हालसम्म १३ करोड ५४ लाख ७८ हजार ४२० डोज कोरोना खोप लगाइसकिएको छ ।