६ कार्तिक २०८३, शुक्रबार

कोरोना संक्रमितको संख्या १४ करोड ५३ लाख नाघ्यो, ३० लाख ८४ हजार जनाको मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १४ करोड ५३ लाख १६ हजार ६६१ जना पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा ८ लाख ८४ हजार २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै विश्वभर संक्रमित हुनेको संख्या १४ करोड ५३ लाख १६ हजार ६६१ जना पुगेको हो ।

यस्तै, गत २४ घण्टामा थप १३ हजार ३८८ जना संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या ३० लाख ८४ हजार ४६७ जना पुगेको छ । हाल विश्वभर १२ करोड ३५ लाख ८३ हजार ९५७ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ६ लाख ९० हजार १९३ जना निको भएका हुन् ।

विश्वभर अझै १ करोड ८६ लाख ४८ हजार २३७ जना सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख १० हजार ८८ जनाको अवस्था गम्भीर छ ।