
काठमाडौं, ९ वैशाख । एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच काठमाडौंको मेरियट होटेलमा भेटवार्ता भइरहेको छ ।
नेताद्वयबीच आज पनि केहीबेर अघिदेखि एक्लाएक्लै भेटवार्ता भइरहेको बताइएको छ । यसअघि हिजो बुधबार अकस्मात मेरियट होटेलमै दुई नेताबीच भेटघाट भएको थियो । सोही भेटघाटले लामो समयदेखिको सम्वादहीनता तोडिएको थियो भने निरन्तर भेटवार्ताको वातावरण समेत बनेको छ ।
नेकपा एमालेको विभाजन रोक्ने प्रयासस्वरूप अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यो निर्णायक पहल लिएको बताइएको छ । तर, उनको पहललाई कमजोरीको रुपमा अर्थ्याइएको भन्दै ओली आज बिहान भएको एक कार्यक्रममा त्यस रुपमा नहेर्न चेतावनी समेत दिइसकेका छन् ।
नेताहरुबीच सम्वादको वातावरण बनेसँगै नेता कार्यकर्तामा खुशीयाली छाएको छ ।















प्रतिक्रिया