५ कार्तिक २०८३, बिहिबार

एमाले अध्यक्ष केपी ओली र नेता माधव कुमार नेपालबीच आज पनि भेटवार्ता हुँदै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ ।

आज बिहीबार दिउँसो दुई बजेपछि पुनः एक्लाएक्लै भेटवार्ता हुन लागेको हो । यसअघि बुधबार साँझ ओली र नेपालबीच भएको लामो समयपछिको भेटघाटले दुई नेताबीचको सम्वादहीनता तोडेको थियो । त्यसलगत्तै आज पुनः भेटवार्ता गर्न लागेको एमाले स्रोतले बताएको छ ।

अध्यक्ष ओली र नेपाल बीच फेरि होटल मेरियट भेटवार्ता हुन लागेको हो ।

नेकपा एमालेको विभाजन रोक्ने प्रयासस्वरूप अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यो निर्णायक पहल लिएको बताइएको छ । तर, उनको पहललाई कमजोरीको रुपमा अथ्र्याइएको भन्दै ओली आज बिहान भएको एक कार्यक्रममा त्यस रुपमा नहेर्न चेतावनी समेत दिइसकेका छन् ।